निगमले घटाएको नयाँ मूल्य लागू

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थका घटाएको नयाँ मूल्य आजदेखि लागू भएको छ । निगम सञ्चालक समितिले आज राती १२ बजेदेखि लागु हुनेगरि हिजो पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ पचास पैसा तथा डिजेल तथा मट्टितेलमा दुई रुपियाँ घटाएको थियो । अब पेट्रोलको मुल्य प्रतिलिटर १ सय २५ रुपैयाँ ५० पैसा र डिजेल÷मट्टितेलको मुल्य ९९ रुपैयाँ कायम भएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थमा स्वतालीत मुल्य लागु भएपछि मुल्य समायोजन गरिएको यो चोथो पटक हो ।