मोदीले फेरि भने बहुमतका आधारमा हैन मिलेर संविधान बनाउ

मङ्सिर ९, काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै दलको सहमतिका आधारमा सविधान बनाउन  राजनीतिक दललाई सुझाव दिएका छन् । मोदीले नेपालको सविधान निर्माणमा भारतको कुनै हस्तक्षेपव नरहने भन्दै स्पष्ट पार्दै माओवादीलाई अलग नगरी सँगै लिएर जान समेत आग्रह गरे । उनले भने  ‘गुलदास्ता रुपी यस्तो सविधान बनाउ जसलाई सम्पुर्ण नेपालीले फूल ठानुन् । मोदीले सबैलाई मान्य हुने संविधान अब नेपाललाई चाहिएको र सबै दल एकै कित्तामा उभिनु जरुरी रहेको पनि बताए । काठमाडौँ उत्रेलगत्तै भारतीय सहयोगमा बनेको ट्रामा सेन्टर हस्तान्तरण गर्ने क्रममा बोल्दै मोदीले बहुमतको बलमा बनेको संविधान काम नलाग्ने समेत बताए ।