उत्पीडित समुदायका कुरालाई संविधानले समेट्छ : डा भट्टराई

मंसिर ९, काठमाडौँ-एनेकपा माओवादीका बरिष्ठ नेता  डा बाबुराम भट्टराईले जातीय आधारमा विभेद गर्नु अपराध भएको बताएका छन् । दक्षिण एसिया दलित अधिकार मञ्चको कार्यक्रममा बोल्दै उत्पीडित सबै समुदायलाई समेटेर निर्धारित समय भित्र  संविधान जारी हुने बताए ।  आगामी संविधानमा महिला, दलित, मधेसी तथा उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  उनले  २१औँ शताब्दीमा मानिसले मानिसलाई जातीय आधारमा विभेद गर्नु अपराध  भएको टिप्णाी गरे । त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् मीन विश्वकर्माले बुधबारदेखि सुरु हुने सार्क सम्मेलनमा दलित समुदायका सवालले प्रवेश पाउनुपर्ने बताए । दलित अधिकारकर्मी भक्त विश्वकर्माले सदियाँैदेखि उत्पीडनमा पारिएका नेपालका दलित समुदायलाई आर्थिक–सामाजिक रुपमा बलियो बनाउनुपर्नेमा जोड दिए । ्