सार्कका पाहुनाको सुरक्षा व्यबस्था चुस्त छ : प्रवक्ता गृह मन्त्रालय

१८ औँ सार्क शिखर सम्मेलनले काठमाडौँको रुप र रगं सबै फेरिएको छ । दक्षिण एशियाका सबै देशका राष्ट्रप्रमुखहरु यतिबेला काठमाडौँ छन् । विश्वको नजर फेरि एक पटक राजधानी काठमाडौँले खिचेको छ । सुरक्षा संवेदनशिलताले यस्तो बेलामा विशेष अर्थ राख्ने गर्छ । काठमाडौँमा उपस्थित विशेष पाहुनाहरुको सुरक्षाका विषयमा सरकारले के कस्ता उपाय अपनाएको छ त ? गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकाललाई हामीले यसै विषयमा सोधेका छौँ ।

१८ औँ सार्क सम्मेलनको सुरक्षा व्यबस्थापन कसरी मिलाउँदै हुनुहुन्छ ?
नेपालमा तेश्रो पटक सार्क सम्मेलनको आयोजना हुँदैछ ।  सार्कका सदस्य राष्ट्रका
पाहुनाहरुको सुरक्षा संवेदनशिलतालाई हेरेर उहाँहरुको औपचारिक अनौपचारिक प्रबन्ध मिलाइस्केका छौँ । सोमबारबाट जोर बिजोर नम्बरका सवारी गुडीरहेका छन् । त्यो एउटा उदाहरण हो । उहाँहरुको आगमनका बेला हुने सुरक्षा संवेदनशिलतालाई लिएर रिर्यसन पनि गर्यौँ । समग्रमा सम्पुर्ण तयारी पुरा भएको छ ।

यहाँहरुले सुरक्षाका लागी गृहकार्य गरिरहनु भएको छ । सार्क सुरु हुनु पुर्व नै सर्वसाधारण जनताले सास्ती खेपीरहनु परेको छ नी ?
विशिष्ट पाहुना आउने देखि उहाँहरुको बासस्थानसम्मको रुटमा हामीले रिर्हसन गरेका हौँ । जसका कारण जनताले केही सास्ती पक्कै भोग्नु परेको छ । त्यो हामीले महशुस गरेको कुरा हो । तर मुलुक र प्रतिष्ठाका लागी जनताले सरकारलाई सहयोग गर्नुहुन्छ र केही अप्ठ्यारे परृपनि सास्तीका रुपमा नबुझ्न आग्रह गर्छु ।

व्यबस्थापनका लागी कति जनशक्ति परिचालन गरिएको छ ?
हामीले भरपुर रुपमा सुरक्षा व्यबस्था मिलाएका छौँ । नेपाल प्रहरी,  नेपाली सेना, नेपाल आर्मी र राष्ट्रीय अनुसन्धान आयोग  गरेर सुरक्षाका क्षेत्रका चार वटै निकायलाई विभिन्न रुटमा बर्गीकरण गरेर कार्य विभाजन गरी काम गरेका छौँ । समग्रमा सबै गरेर २८ हजार सुरक्षाकर्मी परिचालन भएका छन् । त्यसबाहेक शहरका विभिन्न सुरक्षा संवेदनशिलताले महत्वपुर्ण स्थान  र विभिन्न नाकामा पनि परिचालन गरिएको छ ।

सम्मेलन स्थलको अवलोकन गरेको पाहुना राष्ट्रका प्रतिनिधीले के प्रतिक्रिया दिए ?
उहाँहरुको चासो र उपस्थिीति थियो । उहाँहरु सकारात्मक हुनुहुन्छ ।

४ महिना अघि भारतीय प्रम नरेन्द्र मोदी आउँदा पनि नेपालमा सुरक्षा सर्तकताको कुरा उठेको थियो अहिले पनि त्यस्तै कुरा आएको छ ?  उहाहरुले नेपालको विश्वास नमानेर हो वा अन्य के कारणले आफ्नो सुरक्षा टोली साथमा नै लिएर आउनुभएको ?
यस्तो कुरा समाचारमा आएको हो । तर वास्तवमा त्इस्तो होइन । भारतका अधिकारीहरुसँग पनि  समन्वय गरेरै काम गरीरहेका छौँ । मोदीको बाहिरको भ्रमणको कुरा सुष्मा स्वराजले नै आफ्नै कारणले हो सुरक्षाका दृष्टिले होइन भनेर प्रष्ट पारीसक्नुभएको  छ ।

उपत्यका बाहिर जाने पाहुनाको सुरक्षा ब्यबस्था कस्तो छ ?
उपत्यका बाहिर जाने पाहुनाको व्यबस्था संयमीति बनाइएको छ । विशिष्ट पाहुनाको आगमन अनुसार लाने ल्याउने अन्तराष्टिय मापदण्ड अनुसार नै गृहले काम गरिरहेको छ ।

सबै सुरक्षा निकायको गृहले नै समन्वय गर्ने हो ?
हो । गृहमन्त्रालयको मातहतमा सबैले कोअर्डीनेसनका आधारमा काम गर्ने हो ।

सुरक्षाका कारणले के कलकारखाना र विद्यालय नै बन्द गर्न आवश्यक थियो त ? अरु विकल्प खोज्न किन नसकेको सरकारले ?
तपाइको कुरा जायज हो । तर अत्यन्त थोरै सडकका कारण यस्तो स्थिती सृजना भएको हो । मुलुकको राष्ट्रीय प्रतिष्ठासँग जोडीएको विषय भएको हुनाले जनताले युसलाई हैरानीका हिसाबले नर्हेन म आग्रह गर्छु । हामी बाध्य भएर यो कदम चालेका हौँ । तर उहाँहरु हिड्ने समय बाहेक अन्य बेलामा स्थिीति सामान्य नै रहन्छ ।

अघिल्लो सम्मेलनका तुलनामा यसपालीको व्यबस्थापन कति सहज र जटिल छ ?
हेनुहोस् यो शंका र अनुमानका भरमा गर्ने काम हो । अन्तराष्ट्रीय मलुकको परिस्थीतिको समायोजन गर्ने काम र हाम्रो दायित्व नै हो । विशिष्ट पाहुनाको सुक्ष्म रुपमा सुरक्षा र उहाँहरुलाई सहयोग गर्ने हाम्रो जिम्बेवारी हो । हामीले उहाहरुलाई बढी भन्दा बढी सुबिधा दिने प्रयत्न गरिरहेका छौँ ।

भनेपछि सम्मेलन अवधिभर जनताले कर्फुमा जसरी दिन बिताउनु पर्ने भो हैन ?
त्यस्तो हुँदैन । अति विशिष्ट पाहुना आउने जाने बेलामा मात्र केही असहज हुने हो । त्यसरी कर्फु वा अन्य बेला जस्तो हुँदैन । हामीले अत्यावश्यक सवारीलाई रोकका छैनौँ । जनतालाई सडकका किनारामा आएर विशिष्ट पाहुनाको स्वागत गर्न म अनुरोध  र निम्ता पनि गर्छु ।