सरकारी स्तरबाटै नेपाल भारत बस सेबा सुरु

मंसिर ९, काठमाडौं-लामो समयदेखि बहस चलेको तर लागु नभएको   सरकारी स्तरबाटनै काठमाडौंबाट भारतको दिल्ली सम्म जोड्ने बस सेवा आजबाट सञ्चालन हुने भएको छ । हिजो नेपाल र भारतका प्रधानमन्त्रीले सिंहदरबारमा यो सेबा उद्घाटन गरेपछि बस सेवा सञ्चालन हुने कुरा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । अहिले सञ्चालन हुन लागेको बस सेबा नेपाल भारत जनमैत्री यातायात सेवाको नामबाट सञ्चालन हुने भएको छ । अहिले सम्म यहाँबाट दैनिक ३ वटा बसहरू दिल्ली सम्म चलिरहेका छन । तर यी निजी स्टरमा सञ्चालन हुदै आएका छन । अहिले सञ्चालन हुने बसमा प्रतियात्रुको भाडा शूल्क ३ हजार ६ सय ८० रुपैयाँ तोकिएको छ । राजधानी काठमाडौंबाट दिल्ली सम्मको दुरी १ हजार २ सय किलोमिटर रहेको छ ।