महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु

मंसिर ९, काठमाडौँ-आधा आकाश मानिने महिला समाजमा कुनै न कुनै रुपमा यौन हिंसामा पर्दै आएका छन् । तर पछिल्लो समय भने आफ्नो हक र अधिकारका निम्ती जागरुक बनेका महिलाहरु विभिन्न जनचेतनामुलक कार्यक्रममा सामेहल हुन थालेका छन् । जस अन्र्तगत उनीहरुको पहलमा  महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । विश्वभर लैङ्गिक हिंसा मानव अधिकारको हनन् हो भन्ने मान्यतालाई आत्मसात गराउन सांकेतिक रुपमा २५ नोभेम्बरदेखि  १० डिसेम्बर सम्म यो अभियान सञ्चालन गर्ने गरिएको छ । अभियानका क्रममा नेपालमा पनि महिला हिंसा अन्त्यको माग गर्दै महिला अधिकारवादी संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।