ट्रक पल्टिँदा दुईजनाको मृत्यु, दुई घाइते

मंसिर ९, सिन्धुली-सिन्धुलीमा  मिनिट्रक अनियन्त्रित भई सडकबाट झण्डै २ सय मिटर तल खस्दा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य  दुईजना घाईते भएका छन् । गएराती काभ्रेको बनेपाबाट सिन्धुलीको बस्तीपुरका लागि छुटेको बा ३ ख ३९५३ नम्बरको मिनिट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा सहचालक ३६ बर्षिय गणेश तामाङ र काभ्रेको मत्स्य गाविस–७ का २६ वर्षिय जीवन मगरको मृत्यु भएकोे छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।