तहल्काका सम्पादक तेजपालको फेरि तहल्का पिटे

एजेन्सी-आफ्नो संस्थामा कार्यरत महिला कर्मचारीमाथि यौन शोषणको आरोपमा अदालती कारवाहीको सामना गरिरहेका तहल्का पत्रिकाका पुर्व सम्पादक तरुण तेजपाल एकपटक फेरि चर्चामा छन्। टाइम्स आफ इण्डियाले आगामी डिसेम्बर सातमा गर्ने टाइम्स लिटररी फेस्टिबलुमा तेजपाललाई पनि निमन्त्रणा गरिएपछि उनी चर्चामा आएका हुन्।

वरिष्ठ पत्रकारदेखि सामाजिक संजालमा सक्रिय मानिसले यौन शोषणको अभियुक्तलाई स्थान दिनु महिलामाथिको अपमान हुने तर्क गरेका छन्। बिबिसीका अनुसार करिब एक वर्ष पहिला तेजपाल यौन शोषणको आरोपमा पक्राउ परेका थिए। उनलाई गत जुलाईमा अदालतले जमानतमा रिहा गरेको थियो।

तेजपालले भने आफूमाथि लागेको आरोप अस्विकार गर्दै आएका छन्। आयोजको तर्फबाट सम्पादक बच्ची करकरियाले तरुण तेजपालाई सो कार्यक्रममा सहभागी नहुन आग्रह गरेकी छन्।