नेपाल र भारतबीच आज द्धिपक्षीय वार्ता र सम्झौता हुने

मंसिर ९, काठमाडौँ-नेपाल र भारतबीच आज दुई पक्षीय वार्ता र सम्झौता हुने भएको छ । भोलीदेखि सुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को १८ ‌औँ शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आएपछि सिंहदरबारमा दुई देशबीचमा आपसी वार्ता र सम्झौतासम्बन्धी कार्यक्रम तय गरिएको परराष्ट मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी मोदीसँग सिंहदरबारमा द्विपक्षीय वार्ता गर्ने र आपसी सम्झौता तथा सहयोग आदानप्रदान हुने तय भएको जनाइएको छ ।

दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नौ सय मेगावाट क्षमताको बहुप्रतीक्षित र बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानीकर्ता भारतीय कम्पनी सतजल विद्युत् निगमसँग लगानी बोर्डबीच परियोजना विकास सम्झौता हुन लागेको हो। लगानी बोर्डले यही मङ्सिर ५ गते सो सम्झौतालाई स्वीकृत गरेको थियो ।