चाँदीको सिक्का निकाल्दैछ राष्ट्रबैंकले

मंसिर ९ ,काठमाडौं-अठारौँ सार्क शिखर सम्मेलनका अवसर नेपाल राष्ट्रबैंकले चाँदीको सिक्का निकाल्न सुरु गरेको छ। सिक्कामा अगाडि सार्कको प्रतीक चिह्न र पछाडि गौतम बुद्ध र मायादेवीको चित्र अङ्कित हुनेछ ।

बैंकका अनुसार ५०० वटा सिक्का नमुनाका लागि छाप्ने काम आजैदेखि सुरु हुने जनाइएको छ। तीन हजारवटा चाँदीको सिक्का छापिने छ। सो सिक्का २५ ग्रामको हुने राष्टबैँकले जनाएको छ । प्रतिसिक्का रु दुई हजार मूल्य बराबरको हुनेछ।