सोनीले ल्यायो एक्सपेरिया जेड सिरिज

काठमाडौं-सोनी मोबाइल कम्युनिकेसनले अर्को सिरीज बजारमा ल्याएको छ । विश्वभर एकै साथ एक्सपेरिया जेड सिरिजका मोबाईल फोन सार्वजनिक गरेको सोनीले आफ्नो अर्को सिरीज  सार्वजनिक गरेको हो । एक्सपेरिया जेडथ्रि र एक्सपेरिया जेडथ्रि कम्प्याक्ट नाम गरेका यी सेट वाटरप्रुफ र डस्ट प्रुफ छन्।  सोनीको साइबर सट नामक डिजिटल क्यामेरा र सोनी ह्यान्डि क्यामको टेक्नोलोजी जडान गरी निर्माण गरिएको २०.७ मेगा पिक्सेलको यसको क्यामेराले पानीमुनि वा निकै अध्याँरो ठाउँमा पनि तस्बिर लिन सक्छ। विश्वमै पहिलो पटक आइएसओ १२८०० सेन्सिटिभिटी जडित यी मोबाइलका क्यामेराहरुमा २५ मिलीमिटरको ुजि लेन्सु समेत जडान गरिएको छ।

कम्पनीका अनुसार ब्याट्री क्षमता राम्रो भएका यी सेटमा जडित पावर सेभिङ प्रविधिले दुई दिनसम्म ब्याट्रि ब्याकअप दिने कम्पनीले जनाएको छ। ७।३ मिलीमिटरको अत्याधिक पातलो र घुमाउरो अल्मुनियम फ्रेममा उपलब्ध यी सेटहरु सर्वाधिक चम्किलो ट्रिल्युमिनस डिस्प्ले छ। यो डिस्प्लेमा भएको लाइभ कलर एलइडी र एक्स रियालिटिले क्न्ट्रास्ट बढाउने भएकाले कुनै पनि अवस्थामा स्त्र्किन उज्यालो र प्रष्ट देखिने कम्पनीले जनाएको छ।