प्रचण्डले भने अब निर्णायक आन्दोलन हुन्छस् प्रचण्ड

मंसिर ८ , काठमाडौं-प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्क शिखर सम्मेलन पछि सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले विरुद्ध कडा रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । पहिचान सहितको संघीय राज्य हुनुपर्ने माग सहित २२ दलको मोर्चाको नेतृत्व गर्दै आएका पुष्पकमल दाहाल प्रचण्डले   सार्क सम्मेलन लगत्तै कांग्रेस र एमालेलाई दबाव दिन उच्चस्तरको आन्दोलन गर्ने घोषणा गरेका हुन् । प्रचण्ड नेतृत्वको मार्चाले संविधान निर्माण प्रक्रियाको बिरोधी नरहेको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिने प्रयाससमेत गरेको छ । सोमबार प्रचण्ड नेतृत्वको मोर्चाका तर्फबाट राजधानीको लाजिम्पाटस्थित होटल शंकरमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका प्रमुख एमाओवादी अध्यक्ष प्रचण्डले माघ ८ मा संविधान जारी हुने सम्भावना अन्त्य हुँदै गरेको समेत बताएका छन् ।