मोदी प्रियंकाका प्रशंशक

एजेन्सी-साहित्यलार्य भाषणमा प्रयोग गरेर चर्चा बटुल्न सफल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कलात्मक तरिकाले शब्द चयन गर्ने गर्छन् । चाहे उनले नेपालको संसदमा गरेको भाषण होसु वा अन्य देशमा उनले गरेको सम्बोधन नै किन नहोस् उनले आफ्नो जादुमयी छबी छोडेकै हुन्छन् । तिनै मोदीले सोमबार बलिउड अभिनेत्री एवं पूर्व मिस वर्ल्ड प्रियंका चोपडाको प्रशंसा गरेका छन् । प्रियंकाले प्रधानमन्त्री मोदीको ुस्वच्छ भारतु अभियान अन्तर्गत सरसफाइमा सहभागी भएपछि मोदीले उनको प्रशंसा गरेका हुन् । प्रियंकाले आफूले सफाइ गरेर यू ट्यूबमा यो अभियानमा सहभागी भएको भिडियो समेत अपलोड गरेकी छिन् ।