टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङसँग नेपाल पराजीत

काठमाडौं-हङकङ र नेपाल बिच भएको पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पराजित भएको छ । श्रीलंकामा टस हारेर व्याटिगंको निम्ता पाएको नेपाल २ विकेटले पराजीत भएको हो । नेपालले पुरा ओभर खेल्दै दिएको ७२ रनको लक्ष्य हङकङले एक बल बाँकी छदा ८ विकेटको क्षतिमा लक्ष्य भेटाउन सक्यो । नेपालका लागि सोमपाल कामीले बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । ३१ बल खेलेका सोमपालले ६ चौका र दुई छक्कासहित उत्कृष्ट प्रर्दशन गरेका थिए ।