विश्व फुटबलको बरियतामा नेपाल १ सय ७९ औं स्थानमा

काठमाडौं-फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रममा नेपाल  ४ स्थान माथि उक्लिदै  १ सय ७९ औं स्थानमा पुगेको छ । फिफाको नयाँ बरियतामा दक्षिण एशियाली मुलुकमा अफगानिस्तान १ सय ३४ औं स्थानमा रहँदै पहिलो स्थानमा रहेको छ भने त्यस्तै अन्य मुलुकहरूमा माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेश क्रमश दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन । यस बरियतामा नेपाल छैठै स्थानमा रहेको छ भने पाकिस्तान सातौ स्थानमा र अन्तमा भुटान रहेको छ । नयाँ बरियताक्रम अनुसार यस पटक पनि विश्व बरियतामा जर्मनी पहिलो स्थानमा कायमनै रहेको छ ।