उपत्यकामा जोरबिजोर नियम लागु

मंसिर ८, काठमाडौं-आजदेखि जोरबिजोर प्रणलीका आधारमा सवारी साधन गुड्नुपर्ने बाध्यकारी नियम लागु हुने भएको छ । आसन्न १८ औं सार्क शिखर सम्मेलनका लागी राजधानीको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागी ट्राफिक प्रहरीले सवारीका साधनहरुमा जोर बिजोर प्रणाली लागु गरेको हो । जोर बिजोर प्रणली लागु भएदेखि नै सर्वसाधारणले सास्ती र हैरानी खेप्नुपरेको गुनासो गरेका छन् ।

ट्राफिक प्रहरीले एक विज्ञप्ती जारी गर्दै आज अर्थात मंसिर ८ गते देखि आगामी मंसिर १२ गते सम्म ५ दिनका लागि जोर र विजोर नम्बरको आधारमा उपत्यकामाभरी सवारीका साधनहरू संचालन हुने जनाएको छ ।

जस अनुसार मंसिर ८, १० र १२ गते जोर नम्बर प्लेट भएका सवारी साधनहरु सडकमा गुड्नेछन भने मंसिर ९ र ११ गते दुई दिन चाहीँ बिजोर नम्बर प्लेट भएका सवारीका साधनहरु सड्कमा चल्ने भएका छन ।

यस प्रणाली लागू भएपनि अत्यावस्यक सेवाहरूमा एम्बुलेन्स, शव बहान, दमकल, रक्त सेवा, रेडक्रस, अस्पतालका कर्मचारी ओसार पसार गर्ने सवारी साधन, सरकारी, कुटनैतिक सुबिधा प्राप्त, पर्यटन, बिवाहका दुलाह दुलही बोकेका सवारी साधनहरुमा भने जोर विजोर प्रणाली लागु नहुने कुरा उक्त विज्ञप्तीमा जनाइएको छ ।