यस्तो छ लुम्बिनीमा मोदी र राजापाक्षको कार्यक्रम

मंसिर ७, भैरहवा– १८ औं सार्क शिखर सम्मेलन नजिकिँदै गर्दा लुम्बिनी आउने अतिविशिष्ट पाहुनाका लागि तयारी अन्तिम चरणमा पुगेको छ। सार्क सम्मेलनअघि श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष रसम्मेलनलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनी आउँदैछन्। राजापाक्ष मंसिर ९ गते र मोदी मंसिर १२ गते लुम्बिनी आउने छन्।मोदीलाई ऊर्जा मन्त्री राधा ज्ञवालीले स्वागत गर्नेछिन्। लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङवोले नागरिक अभिनन्दन पत्र पढेर सुनाउने छन्। मोदीको स्वागतका लागि मन्त्री ज्ञवालीको अध्यक्षतामा ३०१ सदस्य नागरिक अभिनन्दन तथा स्वागत मूल समिति गठन गरिएको छ। मोदी विशेष हेलिकप्टरमार्फत लुम्बिनी आउने छन्। मोदीले मायादेवी मन्दिरको अवलोकन गर्नुका साथै लुम्बिनीको ऐतिहासिक पुरातात्विक र धार्मिक महŒवबारे जानकारी लिने र पवित्र शान्ति उद्यानमा बोधगयाबाट ल्याइएको बोधीवृक्ष रोप्ने बताइएको छ।
मोदीले अभिनन्दनपछि छोटो भनाई राखे पनि लुम्बिनीमा सार्वजनिक सम्बोधनको कार्यक्रम भने छैन। सो क्रममा लुम्बिनी विकास कोषले नेपाल र भारतका बुद्ध क्षेत्रहरुलाई समेटेर पर्यटन प्रवर्द्धनका लागि अनुरोध पत्र पेश गर्ने कोषका उपाध्यक्ष स्याङवोले बताए। मोदीले लुम्बिनीको विकासका लागि केही महŒवपूर्ण कार्यक्रम तथा सहयोगको घोषणा गर्ने अनुमान छ।
त्यस्तै सार्क सम्मेलनको अघिल्लो दिन मंसिर ९ गते लुम्बिनी आउने श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले स्वागत गर्नेछन्। राजापाक्षको स्वागतका लागि मन्त्री पौडेलको अध्यक्षतामा ३०१ सदस्यीय नागरिक अभिनन्दन तथा स्वागत मूल समिति गठन गरिएको छ। राजापाक्षले लुम्बिनीमा करिब ४ घन्टा बिताउनेछन्। उनले मायादेवी मन्दिरको दर्शन गरी श्रीलंकन मन्दिरमा पनि पूजा गर्नेछन्। त्यस्तै लुम्बिनी विश्वविद्यालय तथा श्रीलंकन गेस्टहाउसमा जाने कार्यक्रम तय भएको तयारी समितिले जनाएको छ।
दुवै देशका राष्ट्र तथा सरकार प्रमुखलाई लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व झल्कने उपहार प्रदान गरिने छ। लुम्बिनी आउने अतिविशिष्ट तथा विशिष्ट पाहुनाहरूको स्वागतका बेला बौद्ध संस्कृति झल्किने र लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्रको मौलिकता झल्कने कला संस्कृति प्रस्तुत गरिने छ।
उनका अनुसार चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ। तालिमप्राप्त कुकुर बुधबारै रुपन्देही ल्याइएको छ। रुपन्देही नवलपरासी र कपिलवस्तुका नेपाल–भारत सीमा नाकामा चेकजाँचमा कडाई गरिएको छ। सीमा सुरक्षाका लागि तालिमप्राप्त कुकुर पनि खटाइएको छ। राजापाक्ष र मोदी भ्रमणका बेला दुई दिन सीमानाका बन्द गरिनेछ।
दुवै देशका सरकारी तथा सुरक्षा अधिकारीहरूको संयुक्त क्रसबोर्डर बैठकमा सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीहरूबाट कडा सुरक्षा प्रदान गर्ने र दुई दिन सीमा ‘सिल’ गर्ने सहमति भएको एसएसपी केसीले बताए।नागरिक दैनिकमा खबर छ ।