रौतहटमा यात्रुबस दुर्घटना हुँदा २० जना घाइते, २ जनाको अवस्था गम्भिर

मंसिर ६, रौतहट-बिहिबार भेरीमा खसेको बसका यात्रुहरूको अबस्था थाहा हुन नकसिरहेका बेला रौतहटमा फेरि अर्को यात्रुबस दुर्घटनामा परेको छ ।  आज विहान भएको यात्रुबस दुर्घट्ना, २० जना घाइते भएका छन् । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने चन्द्रनिगाहपुरमा बा २ ख ६२३४ नम्बरको तुलसी ट्राभल्सको यात्रुबस चन्द्रनिगाहपुरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरूलाइ स्थानीय अस्पतालमा उपचारका लागी लगिएको छ ।  दुर्घटनामा घाइते भएकाहरू मध्ये २ जना यात्रुको अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उक्त यात्रुबस निकै तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ ।