प्रधानमन्त्रीले एमाओवादीका अध्यक्षसँग भने तीन दलको बैठक बोलाएर सहमति गरम

मंसिर ६, काठमाडौँ -प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न पुगेका  एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई प्रधानमन्त्री कोइरालाले शिर्ष तीन दल बिच छलफल  गरेर अघि बढ्ने बताएका छन् । भेटवार्तामा १८ औं सार्क सिखर सम्मेलनमा सरकार र प्रतिपक्षि दल एक भएर अघि बढ्ने सहमती उहाँहरुबीच भएको छ । बिहान बालुवाटारमा भएको छलफलमा सार्क सम्मेलनका साथै सहमतिकै आधारमा संविधान जारी गर्ने विषयमा पनि छलफल भएको थियो । सहमतिकै आधारमा संविधान बनाउने विषयमा छलफल गर्न तीन दलका शीर्ष नेताको बैठक बोलाउने प्रधानमन्त्री कोइराला बताएका थिए ।