जुम्लामा लिग चरणको फुटवल आज पनि

मंसिर ६, काठमाडौँ-लिग चरणको दोश्रो दिन आज जुम्लामा खुल्ला पुरुष फुटवल प्रतियोगिताको दुई  खेल हुने भएका छन् ।  विहान १० बजेदेखि शुरु हुने खेलमा स्टार युवा क्लव र जनप्रेमी युवा क्लवका विचमा हुने भएको छ । दिउसो २ बजेबाट सुरु हुने दोस्रो खेलमा भैरवनाथ युवा क्लव र नौमुली युवा क्लव भिड्ने भएका छन् । लिग अन्तर्गत पहिलो चरणका खेलहरु मंसिर १४ गते सम्म चल्नेछन् । दोस्रो चरणका खेलहरु मंसिर १५ गतेवाट सुरु हुने जुम्ला जिल्ला फुटवल संघले जनाएको  छ ।