सार्क शिखर सम्मेलनको प्रक्रिया सुरु

मंसिर ६, काठमाडौँ-१८ औँ दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्क सम्मेलनको प्रक्रिया आजबाट सुरु हुदैछ । जसअन्र्तगत आज सचिव स्तरीय बैठक शुरु हुँदैछ । सचिव स्तरीय बैठक शुरु भएसँगै सार्क सम्मेलन प्रक्रियागत रुपमा शुरु भएको मानिन्छ । सम्मेलनमा सार्क सदस्य राष्ट्रका सचिवहरुको सहभागिता रहनेछ । बैठकमा सार्कको तयारीलगायतका विषयमा छलफल हुने जनाइएको छ । सार्क शिखर सम्मेलनको औपचारिक उद्घाटन भने आउँदो १० गते हुनेछ । यसैबीच सार्क सम्मेलनलाई लक्षित गरी सरकारको आह्वानमा आज बिहानदेखि काठमाण्डु महानगरपालिका र ललितपुर उपमहानगरपालिकामा सरसफाइ शुरु भएको छ । सार्क सहसचिवहरुको शनिबार हुने बैठक ४९ औं हो । आइतबार र सोमबार ४१ औं सचिवस्तरीय बैठक बस्दैछ भने मंगलबार ३६ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्ने परराष्ट्र मन्त्रालयलेजनाएको छ ।