विमानबाट धुवाँ उड्न थालेपछि आकस्मिक अवतरण

मंसिर ६, काठमाडौँ-जापानतर्फ गइहेको एक जापानी विमानमा खराबी देखिएपछि फिलिपिन्सको राजधानी मनिलामा आकस्मिक अवतरण गरिएको छ । उडिरहेको विमानको ककपिटमा अकस्मात धूँवा देखिएपछि सो विमान आकस्मिक अवतरण गरिएको बिबिसीले जनाएको  छ । फिलिपिन्सका अधिकारीहरुले सो विमानमा अकस्मात खराबी देखिएको भन्दै आफ्नो देशको मनिला विमानस्थलमा अवतरण गराइएको र विमान हाल सकुसल नै रहेको बताएका छन् ।

उक्त विमानमा १७५ जना यात्रु रहेका थिए । विमानमा रहेका यात्रु सकुसल रहेका र विमानको अवस्थाका बारेमा अनुसन्धान थालिएको अधिकारीहरुले जनाएका छन् । मनिला इन्टरनेशनल एयरपोर्टका अधिकारीहरुले सो विमानमा रहेका १० जना हवाई कर्मचारी पनि सकुसल रहेका जनाएका छन् । बोइङ् ७६७ सो विमान शुक्रबार अकस्मात अवतरण गरिएको हो ।