महिला फुटबलमा नेपाल भारतसंग भिड्दै

मंसिर ५, काठमाडौँ- तेस्रो साफ च्याम्पियनसिप अन्र्तगतको महिला फुटबल प्रतियोगिता  आज नेपाल भारतसँग भिड्दैछ ।  यस खेलमा नेपाल र भारतका बिचमा प्रतिस्पर्धा हुने भएको छ ।

यो खेल आज दिउसो १ बजे पाकिस्तानको इस्लामाबादमा रहेको जिन्ना रङ्गशालामा हुनेछ । नेपाली टोली साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको नेपालको यो तेस्रो पटक हो ।

नेपाल यसअघि सन् २०१० मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बङ्गलादेशलाई ३–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै सन् २०१२ मा भने श्रीलङ्कामा भएको दोस्रो साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले श्रीलङ्कालाई ३–० गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

नेपालको साफ च्याम्पियनसिपको फाइनलमा भने भारतसँग यो सहित तेस्रो पटक प्रतिस्पर्धा गर्दैछ । यस अघिको पहिलो साफमा नेपाल भारतसँग फाइनलमा १–० ले र दोस्रो साफमा ३–१ गोलअन्तरले पराजित भएर उपविजेता बनेको थियो ।