खोटाङमा जिप दुर्घटनाग्रस्त, ५ को मृत्यु

मंसिर ५, खोटाङ-जाजरकोटमा यात्रुवहाक बस दुर्घटना भएको खबर सेलाउन नपाउँदै खोटागंमा फेरी अर्को दुर्घटना भएको छ । खोटाङको हलेसी महादेव दर्शन गरी फर्कँदै गरेको मे।१ ज ७३२ नम्बरको जीप दुरसिंह गाविसको गौरीभीरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु, भएको छ । त्यस्तै दुर्घटनामा आठ जना घाइते भएका छन् । मृत्यु हुनेहरुको सनाखत भैसकेको छैन  ।  घाइतको लागि प्रहरीको उद्धार टोली घटनास्थलतर्फ लागिसकेको छ । घटनाको थप विबरण  आउन बाँकी  छ