सार्क शिखर सम्मेलनले राष्ट्रिय प्रतियोगिता प्रभावित

मंसिर ४, काठमाडौँ-खेलकुद विकास समिति थाहा नगरपालिका मकवानपुरको आयोजनामा यही मंसिर ९ गतेबाट मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा हुने भनिएको राष्ट्रिय भलिबल प्रतियोगिताको मिति सरेको छ । १८ औं सार्क शिखर सम्मेलन परेकोले प्रतियोगिता मंसिर १७ गतेबाट शुरु गरिने आयोजक खेलकुद विकास समितिले प्रेस विज्ञप्ती निकालेर जानकारी गराएको छ । विज्ञप्तीमा सार्क शिखर सम्मेलनका कारण सुरक्षा व्यवस्थापनमा आएको चुनौतिलाई मध्येनजर गर्दे प्रतियोगिताको मिति सारेको उल्लेख गरिएको छ । आयोजक खेलकुद विकास समितिको आज बसेको बैठकले प्रतियोगिता सार्ने निर्णय भएको विज्ञप्तीमा भनिएको छ । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको स्मृति प्रतियोगिता संचालन गर्न लागिएको हो ।