संविधानसभाको बैठक सुचारु गर्न सत्तासाझेदारले पहल गर्ने

मंसिर ४,काठमाडौँ-सत्तासाझेदार र प्रमुख प्रतिपक्ष नेकपा माओवादीको दलीय  अडानका कारण अवरुद्ध भएको संविधान लेखन प्रक्रिया अघि बढाउन सत्तारुढ दल नेपाली काँग्रस र नेकपा एमालले पहल थालेका छन् ।सत्तासाझेदार दलहरुले  विपक्षी दलहरुलाई सहमतिमा ल्याउने विषयमा आज छलफल गर्दै आफुहरु केही लचिलो बनेर भए पनि सहमतिमा ल्याउने संकेत देखाएका छन् । बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा एकीकृत माओवादी र मधेसी दलका नेताहरुसँग छुट्टा–छुट्टै छलफल गर्ने निणर्य गरेको प्रधानमन्ीका प्रस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए । सत्तासाझेदारले बहुमतका अधारमा संविधानसभाको सम्वाद तथा सहमति समितिको बैठकमा बहुमत सभासदको हस्ताक्षर बुझाएपछि वार्ता प्रक्रिया नै रोकिएको हो ।