जनजागरण अभियानले गर्ला त पिडिए खारेज ?

मंसिर ४,कैलाली-  सरकारले भारतीय कम्पनीसँग माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका लागि गरेको पिडिए नेपालको हितमा नभएको भन्दै अखिल नेपाल जनजाति सम्मेलनले सम्झौता खारेज हुनुपर्ने भन्दै जनजागरण अभियान सुरु गरेको छ । कैलालीको टीकापुरबाट सुरु भएको उक्त जागरण अभियान बर्दिया, बा“के, दैलेख, बुटवल हु“दै मङ्सिर १४ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।  नेपालको जलस्रोतमाथि विदेशी एकाधिकार रोकौँ, कर्णाली बचाउ अभियान सफल पारौँ’ भन्ने मूल नाराका साथ सुरु भएको अभियानलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका सेती–महाकाली इन्चार्ज मनोज भट्टले उक्त परियोजनामा गरिएको सम्झौता पूर्णरुपमा नेपाललाई घाटामात्र रहेको धारणा राखेका छन् ।