भेरी नदीमा बस खस्दा ६ जनाको मृत्यु, १० जना गम्भिर घाइते, दुइ दर्जन बेपक्ता

मंसिर ४, जाजरकोट-भेरी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको  छ । जाजरकोटबाट नेपालगञ्ज आउँदै गरेको ना३ख १४०८ नम्बरको यात्रुबाहक बस जाजरकोटको भुर गाबिस स्थित भुतचौर भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार ४५ यात्रु मध्ये मृत्यु भएका ६ जना मध्ये धेरैको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये १० जनाको अवस्था चिन्ताजनक भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ४ जना पौडेर बाँच्न सफल भएका छन् भने २५ भन्दा बढी यात्रु अझै बेपक्ता छन् ।

  जाजरकोटको खलगांबाट सुर्खेतको राकमटारका लागी विहान ६ ४५ मा छुटेको बस विहान ८ ४० भुर गाविसको भुतचौरबाट भेरी नदीमा खसेको थियो । बस सडकबाट करिब ५० मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।   घाइतेको उपचार भइरहेको र बेपक्ता यात्रुको स्थानीय बासी, नेपाल प्रहरी, शसत्र र नेपाली सेनाद्धारा खोजीकार्य जारी रहेको पैहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।