निशुल्क आँखा शिविरबाट सात सय लाभान्वित

मंसिर ४, म्याग्दी- म्याग्दीको दरबाङमासम्पन्न निःशुल्क आँखा  शिविरमा ७०० भन्दा बढी लाभान्वित भएका छन् ।  लायन्स क्लब अफ म्याग्दी दरबाङको आयोजना र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा तिन दिनसम्म सञ्चालन गरिएको  शिविरमा ७४१ जनाले सेवा लिएको आयोजकले जनाएको छ । पश्चिम म्याग्दीका विभिन्न गाविसका सर्वसाधारणले आँखा परीक्षण गराएकामध्ये ७९ जनाको मोतियाबिन्दुसम्बन्धी समस्या देखिएकाले उनीहरुको निःशुल्क शल्यक्रिया गरिएको लायन्स क्लब अफ म्याग्दीले जनाएको  छ  हिमालय आँखा अस्पताल पोखराका चिकित्सक इन्द्रमान महर्जन नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिविरमा आउनेको आँखा परीक्षण  गरेका थिए ।