एमाले नेता नेपाल स्वदेश फिर्ता

मंसिर ४, काठमाडौँ- पुर्व प्रधानमन्त्री एवंम नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल स्वदेश फर्किएका छन् । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको १२५ औँ जन्मोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका लागि नयाँ दिल्ली ग्एका नेता नेपाल गए राति स्वदेश फर्किएका हुन् ।

गत कात्तिक ३० गते भारत प्रस्थान गरेका नेता नेपालले सम्मेलनमो नेहरुको विश्वदृष्टिकोण, लोकतन्त्र, समावेशीता र सशक्तीकरणका लागि उहाँको योगदान विषयमा धारणा राखेका थिए । भारत बसाइका क्रममा नेता नेपालले  भारतीय काँग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीलगायत नेता र उच्च अधिकारीसँग भेटवार्ता गरेको नेपालका  सहयोगी मोहन गौतमले जानकारी दिए ।