कार चढ्दै गर्दा अर्बपतिमाथि गोली प्रहार

मंसिर ४, काठमाडौँ- भारतीय एकजना अर्बपति व्यावसायीमाथि बुधबार एक अज्ञात व्यक्तिले गोली प्रहार गरेको छ।भारतको एक ठूलो औषधि कम्पनी औरोबिन्दो फर्माका उपाध्यक्षमाथि सो हमला भएको बताइएको छ। तर उहाँले गोली छल्नुभएको र त्यसपछि आक्रमणकारी पनि भागेको प्रहरीले जनाएको छ।
हैदरावादको बन्जरा हिलमा उहाँको निवासबाहिर नै उनीमाथि गोली चलाइएको थियो। सो स्थानमा भारतका उद्योगी व्यवसायी एवम् धनाढ्य व्यक्ति बस्ने गर्दछन्।उक्त फर्माका निर्देशक तथा उपाध्यक्ष के नित्यानन्द रेड्डीमाथि गोली चलाइएको प्रहरीले जनाएको छ।बिहान आफ्नै निवासअघि कार चढ्ने क्रममा ५६ वर्षीय रेड्डीमाथि गोली हानिएको थियो।