एउटै टिकटबाट सन्नीसँग डबल मज्जा

मंसिर ४, काठमाडौँ-अभिनेत्री सन्नी लियोनले अब दर्शकलाई ‘डबल मज्जा’ दिने भएकी छिन् । फिल्मको एउटै टिकट किनेर दर्शकले अब दुईजना सन्नीबाट मज्जा लुट्ने भएका छन् । उनले डबल रोल खेल्ने भएपछि सन्नीबाट डबज मज्जा पाइने भएको हो ।

सन्नीको आगामी फिल्म ‘मस्तीजादे’मा उनी दोहोरो भूमिकामा देखा पर्ने छिन् । फिल्म सनीसँगै अभिनेता तुषार कपुर र वीर दास देखिनेछन् । ‘मस्तीजादे’ सेक्स कमेडी फिल्म हो । स्रोतका अनुसार फिल्ममा तुषार कपुर र वीर दासको क्रमशः आदित्य र चौठिया हुनेछ । एउटी सन्नीको नाम लैला र अर्कीको नाम लेले हुनेछ ।