सार्कका कारण उडान तालिका अदलबदल

मंसिर ४, काठमाडौ-दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन अवधिभर मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण समय हेरफेर गरिएको छ । उक्त विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक अधिकतम चार सय जति उडान–अवतरण हुन्छ ।

यिनमा तीन सय ३० देखि ४० जति अन्तरिक र बाँकी अन्तर्राष्ट्रिय उडान–अवतरण हुने गर्छन् । यही चाप ब्यवस्थापन गर्न विमानस्थल ब्यवस्थापकले आगामी सोमवारदेखि शुक्रवार ९मंसिर ८देखि १२० सम्म सम्पूर्ण उडान–अवतरण समय अदलबदल गरेको छ ।

विभुवन विमानस्थलका महाप्रवन्धक वीरेन्द्र श्रेष्ठले सार्क सदस्य राष्ट्रबाट काठमाडौमा आयोजना हुने सम्मेलनमा सहभागी हुन विशिष्ट पाहुना आउने भएकाले नियमित उडान गरिरहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडान अवतरण हेरफेर गरिएको जानकारी दिए, नागरिक दैनिकमा खबर छ ।

‘सुरक्षा तथा अन्य विविध कारण पाँच दिनसम्म उडान–अवतरण समय हेरफेर गर्ने निर्णय भएको छ,’ विमानस्थलका महाप्रवन्धक श्रेष्ठले बुधवार भने, ‘तर विहान ९ बजदेखि ५ बजेसम्म विशिष्ट पाहुना सवार जहाज मात्र आउने नभइ अन्य उडान पनि हुनेछन् । पाहुनाका जहाज आउने र जाने समयबाहेक अन्य समयमा नियमित तालिका भएकाले उडान यथावत हुनेछन् ।’

नेपाल उडा गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका अधिकारीसँग बुधवार छलफल भएपछि समय हेरफेर गरिएको श्रेष्ठले जानकारी दिए ।