मन्त्रीको रसवरी देखाउँदै इश्वरले माओवादीलाई सरकारमा बोलाए

मंसिर ३, काठमाडौँ-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एकीकृत नेकपा माओवादीलाई सरकारमा आए उनीहरुको रोजाई अनुसार आकर्षक मन्त्रालय दिने बताएका छन् । आज  विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमा एमाले महासचिव पोखरेलले एमाओवादी सरकारमा आउने भए आकर्षक मन्त्रालय दिइने बताएका हुन् ।

उनले भने एमाओवादीलाई उसको पोजिसन अनुसारकै मन्त्रालय दिने बताउदै भने ‘एमाओवादीको पोजिसनअनुसार सम्मानजनक मन्त्रालय दिन तयार छौँ । नेता पोखरेलले एमाओवादी सरकारमा आए संविधान निर्माणका लागि सहज बाटो खुला हुने समेत बताएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमाले सहित केही साना दलले नयाँ संविधानमा रहने साशकीय स्वरुप र संघीय संरचनाका विषयमा साझा प्रस्ताव सार्वजनिक गरेपछि कांग्रेस र एमाले सँग रुष्ट बनेको माओवादीलाई फकाउने शैलीमा नेता पोखरेलले सरकारमा आउन आग्रह गरेका हु्न ।