आज बालदुव्र्यवहार विरुद्धको विश्व दिवस

मंसिर ३, काठमाडौँ-बालदुव्र्यवहार विरुद्धको विश्व दिवस नेपालमा पनि आज   विभिन्न कार्यक्रमहरु गरि मनाईदै छ । हरेक बर्ष आजकै दिन वालदुव्यवहार विरुद्धको दिसका रुपमा मनाउने गरिन्छ । नेपालमा  सन् २००३मा  सेभ दि चिल्ड्रेनले गरेको सर्वेक्षणमा ४५ प्रतिशत बालबालिकाहरु बालयौन दुव्र्यवहारमा परेको जनाइएको  छ ।

नेपालमा बालबालिकामाथि भइरहेका यौनजन्य हिंसा र दुव्र्यहारबारे प्रष्ट कानुन र नियमको अभाव रहेको छ । मुलुकी ऐन १४ नं महलमा जबरजस्ती करणी र यौन हिंसाको बारेमा प्रावधानहरु राखेपनि यसले बालबालिकामाथि हुने यौनदुव्र्यवहार गर्ने व्यक्तिलाई दिइने दण्ड सजायका बारेमा कुनै कुराहरु पनि राखिएको छैन् ।

मुलुकी ऐनको दफा ११ ले यस्तो घटना भएको ३५ दिन भित्र नालिस दिनु पर्दछ भनेकाले पिडित बालबालिकाहरुलाई न्यायको पहँुचमा अवरोध उत्पन्न भएको छ । बालबालिकामाथि हुने यौनजन्य हिंसाका विरुद्ध बालमैत्री कानुन र दु्रत न्याय सम्पादनका लागि दवाव दिने अभियन्ताहरुले बताएका छन् ।