महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेश भिड्ने

मंसिर ३, काठमाडौँ- पाकिस्तानमा जारी तेस्रो महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज  बंगलादेशको सामना गर्ने भएको छ। नेपाल समूह  बी को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। बंगलादेशले भने समूह ुएु को उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो।

साफ च्याम्पियनसिपको सबै संस्करणमा सेमिफाइनलमा पुगेको नेपालले बंगलादेशसँग पनि स्पष्ट जितको लक्ष्य राखेको छ। कप्तान अनु लामाले पनि यसपटक आफूहरूको लक्ष्य उपाधि भएको दाबी गरेकी छन्।   यसअघि नेपाल र बंगलादेश सन् २०१० को साफ च्याम्पियनसिपको सेमिफाइनलमै भिडेका थिए। बंगलादेशको कक्स बजारमा भएको पहिलो संस्करणमा नेपालले घरेलु टोलीलाई ३-० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो। त्यतिबेला नेपाल फाइनलमा भारतसँग १(० गोलले पराजित भएको थियो।