पत्रकार महासंघद्धारा संविधानका लागि सहमति गर्न प्रचण्डलाई आग्रह

मंसिर २, काठमाडौँ-तोकिएको समयमा संविधान जारी गर्ने उदेश्यले नेपाल पत्रकार महासंघद्धारा  सञ्चालित तीन महिने विशेष अभियान अन्तर्गत आज एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अन्र्तक्रिया सम्पन्न भएको  छ । महासंघका अध्यक्ष  महेन्द्र विष्टको नेतृत्वको टोलीले प्रचण्डसँग छलफल गर्दै शान्ति प्रक्रियालाई पूर्णता दिन आग्रह गरेका छन् ।

सो अवसरमा परिवर्तनका एजेण्डा संस्थागत गर्न दलहरूको जिम्मेवारी रहेको औंल्याउँदै र ०६२÷०६३ को आन्दोलन, सशस्त्र संघर्ष र अन्य आन्दोलनले स्थापित गरेका मान्यतालाई आत्मासात गर्दै शान्ति प्रक्रियालाई पूर्णता दिन प्रमुख दलहरुबीच सहमति जुटाई नयाँ संविधान जारी गर्न महासंघले आग्रह गरेको अध्यक्ष महेन्द्र विष्टले बताए ।

प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा प्रचण्डले १२ बुँदे सहमतिका आधारमा संविधानसभाबाट सहमति गरेर संविधान जारी गर्ने प्रयास जारी रहने पनि बताइएको  छ ।