ह्यापी न्यु इयर ओस्कारमा

मंसिर २, काठमाडौँ-बलिउडमा तिन खान छन् जो चर्चा सगैं विवादमा पनि उतिक्कै आउन माहिर छन् । बलिउडमा तिन स्टार मध्य एक हुन शाहरुख खान,जसले अभिनय गरेको एउटा सानो चलचित्र पनि बलिउडको आर्कषक चलचित्र बन्छ । त्यहि क्रममा ताली र गाली पाइरहेको बलिउड फिल्म ह्यापी न्यु इयरको स्क्रिप्ट अब ओस्कारको लाइबेरीमा राखिने भएको छ ।

शाहरुख खानको मुख्य भूमिका रहेको फिल्मले बलिउडका अहिलेसम्मका रेकर्ड तोड्दै ३ सय पचास करोड भारु कलेक्सन गरेको छ । फिल्म निर्देशक फराह अख्तरले ट्वीटरमा स्टाटस लेख्दै फिल्मको स्क्रिप्ट ओस्कार पुस्तकालयमा राखिन लागेको बताएका हुन ।

पुस्तकालयमा राखिएका स्क्रिप्ट फिल्म सम्बन्धी अध्ययन अनुसन्धान गर्नेलाई उपलब्ध गराइन्छ । शाहरुख खानका देवदास र चक दे इण्डिया फिल्मको स्क्रिप्टपनि ओस्कार पुस्तकालयमा राखिएको छ ।