अमेरिकामा संकटकाल

मंसिर २, काठमाडौँ -निर्दोष  काला युवकको हत्याका सम्बन्धमा अदालतले लिने निर्णयबाट उब्जाउन सक्ने प्रतिक्रियालाई ध्यानमा राखेर अमेरिकाको मिसौरीमा संकटकाल लगाइएको छ । शान्ति बहाल राख्न कानून कार्यान्वयन गर्ने जिम्मा सुरक्षाकर्मीलाई दिइएको गभर्नरले प्रष्ट गरेका छन् । गत अगस्तमा कालाहरुको बाहुल्य रहेको सेन्टलुई नगरमा भएको एक घटनामा एक सुरक्षा अधिकृत डरेन विल्सनले चलाएको गोली लागि १८ वर्षीय माइकल ब्राउनको मृत्यु भएको थियो ।