लोकमानलाई कारबाहीको माग

काठमाडौ, ३० कात्तिक- अख्तियार दुरुपयोग अनुसन्धान आयागेका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले संसदको सर्वोच्चतालाई चुनौति दिएको भन्दै  संसदको कृषि तथा जलस्रोत समितिले कारवाहीको माग गरेको छ । समतीले संविधानसभाका अध्यक्ष सभामुख सुवासचन्द्र नेम्वाङलाई ध्यानाकर्षण गराइएको छ । अख्तियार प्रमुख काकीले अन्तरिम संविधान र संसदको सर्बोच्चतालाई चुनौति दिएको भन्दै संसदको कृषि तथा जलस्रोत समितिले आवश्यक कारवाहीका लागि सभामुख सुवास नेम्वाङ समक्ष गराउने भएको हो । संसदको कृषि तथा जलस्रोत समितिले बिभिन्न जलविद्युत आयोजनाको लाइसेन्स खारेजका सम्बन्धमा जानकारी लिन अख्तियार प्रमुख कार्कीलाई बैठकमा बोलाउदा तर काकीृ उपस्थित नभएपछि समितिले कारबाहीको माग गरेको हो । आइतवार बोलाइएको समितिको बैठकमा अख्तियारले संसदको कार्य सन्चालन नियमावली अनुसार सुशासन तथा अनुगमन समितिको कार्यक्षेत्रमा मात्र अख्तियार पर्ने भन्दै आउन नसक्ने पत्र पठाएपछि अख्तियार र समितिको अधिकारक्षेत्रमाथि विवाद सुरु भएको हो ।