अख्तियार छल्न रात्रिबस

कात्तिक ३०,काठमाडौं- बिहीबार राति वीर अस्पताल अगाडि रात्रि बस स्टेसनमा रोकिरहेका रात्रि बस। तस्बिर : ज्ञान न्यौपाने
काठमाडौं- बिहीबार पौने आठ बजे वीर अस्पताल अगाडिबाट कोटेश्वर हिँडेको बसमा यात्रु शून्य भएपछि टुँडिखेल एक फन्को घुम्यो। हुलाक कार्यालय अगाडिको अँध्यारो क्षेत्रबाट एकजना मान्छे लिएर फेरि त्यही स्टेसनमा पुग्यो।स्टेसनबाट दोस्रोपटक सवा आठमा बस कोटेश्वरका लागि एक यात्रु लिएर हिँड्यो। रत्नपार्क मोडमा बस रोकिदा ‘ढिला भयो’ भन्दै त्यही यात्रु पनि टेम्पोमा हानिए।
रात्रि बस परिचालन गर्न यातायात व्यवसायी महासंघका प्रतिनिधिबाट खटिएका मोहनकुमार श्रेष्ठ ‘बस कोटेश्वर पुग्यो होला’ भन्दै थिए। यत्तिकैमा १३८३ नम्बरको बस पुनः स्टेसन आयो। ‘कति छिटो आएको?’ श्रेष्ठले बसका चालकलाई सोधे। रत्नपार्क, पुरानो बसपार्क, हुलाक कार्यालयतिर रोकीरोकी करिब ४५ मिनेटमा फेरि स्टेसन नै पुर्या एका चालकले जफाफ फर्काए, ‘कुर्दा ढिलो भयो भन्दै एउटा मान्छे पनि झर्योो र अन्त मान्छे पाइएन।’
पहिलो आधा घन्टा र पछि पौने एक घन्टा टुँडिखेल घुम्दै बिताएको सो बसले यात्रु पाउने छाँट देखाएन। ‘अब म घर जाम कि कोटेश्वर जाम?’ महासंघ प्रतिनिधिलाई स्टेसननजिकै पुग्दा चालक राजकुमार श्रेष्ठले सोधे।
रातको नौ बजिसकेको थियो। वीर अस्पतालनजिकै ठडिएका ट्याक्सी, ट्याक्सी चालक र पसलहरुका व्यापारी स्टेसनपारि देखिन्थे। कतिपय मानिस पैदल यात्रा गरिरहेका भेटिन्थे।
यत्तिकैमा कलंकी रुटको रात्रि बसले चार जना यात्रु ल्यायो। र, झ्याप्पै आफ्नो बसमा चढेको देख्दा चुरोट तानिरहेका ती चालकको आशा पलायो। यत्तिकैमा महाबौद्ध र भोटाहिटीमा पसल गर्ने केही यात्रु पनि थपिए। करिब साढे नौ मा बस गुड्न थाल्यो।  नागरिक दैनिकमा खबर छ ।