माइक्रोसफ्ट संसारकै दोश्रो ठुलो कम्पनी

कात्तिक ३०,काठमाडौं-माइक्रोसफ्ट कम्पनी संसारकै सबैभन्दा ठुलो दोश्रो कम्पनी बनेको छ । माइक्रोसफ्टले दोश्रो स्थानमा रहेको एक्सन मोबाइललाइ पछाडी पार्दै यो उपलब्धिम हासिल गरेको हो । यो कम्पनी दोश्रो स्थानमा पुग्नुलाइ कम्पनीका भारतीय मूलका सीईओ सत्या नडेलाका लागी ठुलो सफलताका रूपमा हेरिएको छ । अब माइक्रोसफ्ट भन्दा एक कदम अगाडी अर्को कम्पनी एप्पल रहेको छ ।

नडेलाको अगुवाईमा माइक्रोसफ्टले आफ्नो उक्त छविलाइ परिवर्तन गर्न सफल भएको छ, जसमा कम्पनी बजार र ट्रेन्डका हिसाबले उत्पादन ल्याउन सक्दैनथ्यो भन्ने मानिएको छ । नडेलाले कम्पनीको खर्च घटाएका छन, यसका साथै उनले कर्मचारीहरू कटौती गरे । उनकै कार्यकालमा कम्पनी मोबाइल मार्केटतिर निकै आक्रामक तरिकाले बढेको थियो।

हालैमात्र माइक्रोसफ्टले नोकिया पनि खरिद गरेको थियो । नडेलाका यिनै निर्णयहरूका कारण कम्पनी अहिले स्टक मार्केटमा पनि निकै राम्रो दौड लगाइरहेको छ । माइक्रोसफ्टको कुल मार्केट भ्यालु ४१० बिलियन डलर छ जबकि अब तेश्रो स्थानमा पुगेको एक्सन मोबाइलको मार्केट भ्यालु ४०४ बिलियन डलर छ ।

स्मरणीय छ कि एप्पल संसारकै नम्बर एक भ्यालुएवल ब्राण्ड हो । अहिले एप्पलको मार्केट भ्यालु ६६८ बिलियन डलर छ । यस अघि सन १९९९ मा माइक्रोसफ्ट संसारकै सबैभन्दा महंगो कम्पनी थियो, यसको कुल मार्केट शेयर ६१६ बिलियन डलर थियो । बितेका बर्षहरूमा माइक्रोसफ्टका शेयरहरूमा निकै गिरावट शुरू भएको थियो ।