सुस्मिता र्‍याम्पमा उत्रिएपछि

कात्तिक ३०, काठमाडौँ-काठमाडौंको होटल अन्नपुर्णमा सम्पन्न टाइमलेस प्यारागन ज्वेलरी फेसन शो’मा सहभागी हुन काठमाडौं आइपुगेकी बलिउड अभिनेत्री सुस्मिता सेनले आफ्नो सन्दैर्य प्रस्तुत गरेकी थिइन् । नेपाल देखी भारतका चर्चित मोडलहरु र्‍याम्पमा उत्रिँदा त्यहाँ उपस्थित सबैले सुस्मितालाई नै खोजिरहेका थिए । सुस्मिताको पर्खाइमा बसिरहेका आखाँहरु जब सुस्मिता आफ्नो पहिरनमा सबै माझ देखा परिन तब सबैले सुस्मितालाई नै हेरिरहे । अप्सरा जस्तो रुपमा आर्कषक पहिरनमा देखा परेकी सुस्मिताको तारिफ सबैले गरिरहेका थिए । २० वर्षअघि सुस्मिताले सन् १९९४ मा ब्रह्मान्ड सुन्दरी ९मिस युनिभर्स० समेत भएकी थिइन । क्लासिक डाइमण्ड ज्वेलरिजको आयोजनामा भएको कार्यक्रममा भारतका अरु सुपरमोडलहरु पनि सहभागी हुँदैछन् ।