ओवामा भन्छन् ‘एसियामा द्धन्द्ध बढ्ने खतरा छ’

कार्तिक २९ काठमाडौँ- अमेरिकी राष्ट्रपति बाराक ओबमाले एशियामा द्धन्द्ध बढ्ने संभावना बढेको बताएका छन् । क्विन्स्ल्यान्डको ब्रिस्बेन विश्वविद्यालयमा एक सम्बोधनमा अमेरिकी राष्ट्रपति ओबामाले उनले नीति एसियामा आधारित भएको, त्यो वास्तविकतामा आधारित भएको र दिगो हुने बताए ।  चीनले विवादास्पद क्षेत्रमा आफ्नो दाबी बढाइरहेको अवस्थामा एसियामा सोझै सङ्घर्षको खतरा रहेको चेतावनी  दिएका छन् । जी२० शिखर बैठकको अवधिमा भएको उक्त सम्बोधनमा राष्ट्रपति ओबामाले पूर्वी एसियामा दोस्रो युद्धपछि राम्रो प्रगति देखिएको बताए । उनले यो गतिशीलतामा ठोस खतरा भएको र त्यसले प्रगतिलाई प्रभावित बनाउनसक्ने बताए ।