नेपालद्धारा यूएईु लाई २५१ रनको लक्ष्य प्रस्तुत

२९ कात्तिक, काठमाडौं । एसीसी यू १९ प्रिमियर क्रिकेटमा नेपालले यूएईलाई २५१ रनको लक्ष्य दिएको छ । जवाफी व्याटिङ थालेको यूएईले  ताजा आवस्थामा २० ओभरको समाप्तीसँगै ३ वीकेटको क्षतिमा ६७  रन जोडेको छ ।  त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर २५० रन बनायो । खराब सुरुवात गरेको नेपालका  ओपनर सुनिल धमला खाता नखोली बाहिरीए । त्यसपछि लयमा फर्किएको नेपाली टोलीका सन्दिप सुनार र आरिफ शेखले दोस्रो विकेछका लागि ५२ रनको साझेदारी गरे । तेस्रो विकेटका लागि आरिफले शंकर रानासँग ८३ रनको साझेदारी गरे ।  शंकर रानाले ४८ रन, प्रेम तामाङले  ४६ रन जोडे भने नावौं नम्बरमा व्याटिङ गर्न आएका यागेन्द्र कार्कीले अविजित ३५ रन जोडे । अफगानसँग ५ विकेटले पराजित  नेपालको उपाधि सम्भावना गणितीय  हिसाबमा मात्र बाँकी छ ।