केशव स्थापित माउपार्टीमा फर्किने

कार्तिक २९ काठमाडौँ-पटक पटक एमालेमा प्रवेश गर्दै छाड्दै गरेका काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा संघीय समाजवादी पार्टीका नेता केशव स्थापित पुनः एमालेमा फर्किने भएका छन् । नेकपा एमालले दोस्रो संविधानसभामा पराजित भएका योगेश भट्राइलई नै उठाउने निधो गरेपछि बिच्कीएर समाजवादीमा गएका स्थापितको यस पटक सहित जाने आउने क्रम तेश्रो हो । स्थापीतले अध्यक्ष केपी ओलीसँगै कुरा गरेर आफू एमालेमै फर्किएर काम गर्न चाहेको बताएपछि पार्टी प्रवेश गर्न लागेको एमाले निकट  स्रोतले जनाएको छ । स्थापितसँगै संघीय समाजवादीका केही नेता कार्यकर्ता पनि आइतबार बल्खुमा एमाले प्रवेश गर्ने कार्यक्रम छ । उनी दोश्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार हुन चाहेका थिए । विवादस्पद क्रियाकलापका कारण बेलाबेलामा चर्चामा आइरहने  स्थापित केपी ओलीपछि युवा संघको दोस्रो अध्यक्ष हुन् ।