सुन्तलाले बजार नपाएको कृषकको गुनासो

कात्तिक २९, काठमाडौँ-पर्वतमा सुन्तला खेती गर्दै आएका कृषकले उपयुक्त बजार नपाएको गुनासो गरेका छन् । आफुहरुले कोदो खेती मासेर सुन्ताला खेतीमा लागे पनि त्यसको प्रतिफल राम्रो नभएकाले चिन्ता ब्यक्त गरेका छन्  । जिल्लाका देउपुर, शंकरपोखरी लगायतका कृषकहरुले मुल्य समेत राम्रो नपाएके गुनासो गरेका छन् । उनीहरुले सिजनको बेला बजारक्षेत्रमा पुर्याउँदा ढुवानीको मुल्यसमेत उठाउन नसकेको बताएका छन् । बजारमा सुन्तला प्रतिकिलो ३५ देखी ४० रुपैँया रहेको छ ।