एमाले वरिष्ठ नेता खनाल आज स्वदेश फर्किदै

कात्तिक २९, काठमाडौँ-नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज नेपाल फकिने भएका छन् । लामो समय अमेरिकामा स्वास्थ्य उपचार गराइरहेका नेपाल बिहान साढे १० बजे त्रिभुवन विमानस्थलमा उत्रनु स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । स्वास्थ्य उपचारका लागि अमेरिका गएका खनालले अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा उपचार गराएका थिए । पिसाब नलीमा गम्भीर समस्या देखिएपछि उपचारका लागि नेता खनाल असोज १० गते अमेरिका प्रस्थान गरेका थिए ।