अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदै

कात्तिक २९, काठमाडौँ-अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आजदेखि लुमिबनीमा सुरु हुँदैछ । सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । सम्मेलनको केही बेरमा राष्ट्रपति डा। रामवरण यादवले गर्ने कार्यक्रम  छ । नेपालको थेरवाद बुद्धिष्ट एकेडेमी र म्यानमारको सितगु इन्टरनेशनल बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा करिब ३० देशका ४०० भन्दा बढी बौद्ध भिक्षु तथा विज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको  छ । सम्मेलनमा स्वदेशी र विदेशी बौद्ध भिक्षु तथा बौद्ध विद्वानहरुबाट ९४ वटा अनुसन्धानात्मक कार्यपत्रहरु प्रस्तुत हुनेछन् ।