अन्तिमपटक तीन दिनको समय दिनुहोस् : भट्टराई

कात्तिक २९, काठमाडौँ – संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले सहमतिका लागि अन्तिमपटक भन्दै तीन दिनको समय मागेका छन्।
समितिको बैठकमा अधिकांश सदस्यहरुले उनको प्रस्तावलाई मान्ने बताएपछि उनले मंसिर १ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्। निकै भावुक मुद्रामा देखिएका भट्टराईले बालुवाटारमा बसेको तीन दलको बैठकमा सहमतिका लागि ५ दिन समय माग गर्दा हाँसोमा उडाएको दु:खेसो पोखे। अब महाभारतकै युद्ध हुने भए पनि तीन दिन कम्तीमा समय दिनुहोस् भनेर आफूले बैठक १ गतेसम्मका लागि स्थगित गरेके भट्टराईले बताए। नागरिक दैनिकमा खबर छ ।